Office of the Auditor General

"Supreme Audit Institution of Nepal"

The Twentieth meeting of the Audit Advisory Committee was held

आज मिति २०८०।५।२१ गते कार्यवाहक महालेखापरीक्षक श्री महेश्वर काफ्लेको अध्यक्षतामा लेखापरीक्षण सल्लाहाकार समितिको २०औं बैठक सम्पन्न भएको छ । समितिका  सचिव श्री वामदेव शर्मा अधिकारीबाट वार्षिक लेखापरीक्षण योजना र कार्यतालिका २०८०, लेखापरीक्षणको उद्देश्य, क्षेत्र, विधि, सीमा, वित्तीय, परीपालना र कार्यमूलक तथा विशेष लेखापरीक्षणका वारेमा प्रस्तुतिकरणगर्दै लेखापरीक्षणका मुलभुत विशेषता, सीमा र वास्तविकताका सम्बन्धमा प्रकाश पार्नु भएको थियो । सल्लाहाकार समितिका सदस्यहरूबाट लेखापरीक्षण व्यवस्थापन तथा बिधिमा सुधार गर्नुपर्ने, प्रतिवेदनको गुणस्तरियता बढाउनु पर्ने, सार्वजनिक लेखा समितिसंग समन्वय गरी कार्य प्रभावकारिता बढाउनु पर्ने लगायतका बिषयमा सुझावहरू प्रस्तुत गर्नु भएको थियो । कार्यबाहक महालेखापरीक्षक श्री महेश्वर काफ्लेबाट हिमाली, पहाडी र तराईको ४६ जिल्लामा भाद्र/आश्विन महिनामा, उपत्यका लगायत १४ जिल्लामा कार्तिक मार्ग महिनामा र बांकी जिल्लामा पौष / माघ महिनामा लेखापरीक्षण सम्पन्न गरी चैत्र मसान्तमा सम्माननीय राष्ट्रपति समक्ष प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको र २०८१ वैशाख, जेष्ठ र आषाढमा क्षमता विकास तथा आगामी वर्षको लेखापरीक्षण योजना तर्जुमा गर्ने कार्यतालिका रहेको जानकारी गराउनु भएको थियो । उक्त कार्यक्रममा चालु आर्थिक वर्षको लेखापरीक्षण योजना र कार्यतालिका-२०८०, लेखापरीक्षण विधि तथा प्रकृयामा सुधार¸ आचार संहिता पालनामा कडाइ गरिएको जानकारी गराउनु हुदै सल्लाहकार समितिबाट प्राप्त सुझावहरुको कार्यान्वयन गर्ने सम्बन्धमा प्रतिवद्वता जनाउनु भएको थियो ।

Office Hours

Sunday - Thursday : 10:00 A.M - 5:00 P.M (In Winter Till 4:00 P.M)

Friday : 10:00 A.M - 3:00 P.M